1 Chronicles 5:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्‍वरमा भरोसा राखे र सहायताको निम्‍ति उहाँलाई बिन्‍ती-प्रार्थना गरे। परमेश्‍वरले तिनीहरूका प्रार्थनाको उत्तर दिनुभयो र तिनीहरूलाई हग्री र तिनका मित्र देशहरूमाथि विजय दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँमा सहायताको निम्‍ति तिनीहरूले आफ्‍ना परमेश्‍वरलाई पुकारेको कारण तिनीहरूलाई उनीहरूका विरुद्धमा सहायता दिइयो। तिनीहरूले उहाँमाथि भरोसा गरेका थिए, यसैकारण उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुभयो। हग्रीहरू र उनीहरूका सबै मित्रराष्‍ट्रहरूले आत्‍मसमर्पण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्‍वरबाट युद्धमा सहायता पाए। अनि परमेश्‍वरले हग्रीहरू र तिनीहरूका सबै मित्रराष्ट्रहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। किनकि युद्धको समयमा तिनीहरूले उहाँलाई पुकारेका थिए। उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो; किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित यहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हग्रीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हग्रीहरूसित थिए।