1 Chronicles 5:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका गोत्र-गोत्रका प्रधानहरू यी थिए— एपेर, यिशी एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। तिनीहरू सबै वीर र नामी योद्धाहरू थिए र आ-आफ्‍ना कुलका नाम चलेका अगुवाहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका परिवारका मुख्‍य मानिसहरू यी नै हुन्‌: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका परिवारका अगुवाहरू यिनै थिए: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदवियाह र यहदीएल। तिनीहरू साहसी लडाकु, प्रसिद्ध मानिसहरू, र तिनीहरूका परिवारका मुख्य अगुवाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।