1 Chronicles 5:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमेश्‍वरले अश्‍शूरका महाराजा पूललाई (जसलाई तिग्‍लत-पिलेसेर पनि भन्‍दछन्) उनको देशमा हमला गर्न लाउनुभयो। उनले रूबेन, गाद र पूर्व-मनश्‍शेका कुललाई देश निकाला गराए र गोजान नदीको तीरमा अनि हलह, हाबोर र हारामा तिनीहरूलाई बसाले। तिनीहरू अझसम्‍म त्‍यहीँ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूल, अर्थात्‌ अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरलाई उक्‍साउनुभयो, र उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैद गरेर लगे। उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, र त्‍यहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएलका परमेश्‍वरले अश्शूरका राजा पूललाई (अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई) उस्काउनुभयो, जसले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई निर्वासनमा लगे। राजाले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म नै छँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अश्शूरका राजा थिए। तिनलाई तिग्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।