1 Chronicles 5:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलादमा तिनीहरूका गाई-वस्‍तुका ठूल्‍ठूला बथान थिए। तिनीहरूले त्‍यो देशको पूर्वपट्टि मरुभूमिसम्‍म आफ्‍ना हातमा लिए। मरुभूमि यूफ्रेटिस नदीसम्‍म फैलिएर गएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वपट्टि तिनीहरूले यूफ्रेटिस नदीसम्‍म फैलिएको मरुभूमिको किनारसम्‍म एउटा इलाका ओगटेका थिए, किनभने गिलादमा तिनीहरूका गाईबस्‍तुको संख्‍या बढ़ेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।
Nepali ERV (पवित्र बाइबल)
बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरूभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरु थिए।