1 Chronicles 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले देश निकाला गर्नुभएको यहूदा र यरूशलेमका मानिसहरूसमेत यहोसादाकलाई नबूकदनेसर राजाले कैद गरेर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो।
Nepali ERV (पवित्र बाइबल)
यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।