1 Chronicles 6:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाले मन्दिर बनाउनुअघि तिनीहरूले नियमितरूपले परमप्रभुले बास गर्ने पवित्र पालमा आफ्नो सेवाकार्य गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेल पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले विधिपूर्वक आफ्ना बाजा बजाउने कर्तव्य गर्दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।