1 Chronicles 7:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तोलाका छ छोराहरू थिए— उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल। तिनीहरू तोला गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। दाऊद राजाको समयमा तिनीहरूका सन्तानको सङ्ख्या २२,६०० थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल— तिनीहरूका परिवारका मुखियाहरू। दाऊदको समयमा तोलाका सन्तानमध्येका लड़ाकू मानिसहरूको संख्या २२,६०० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो।
Nepali ERV (पवित्र बाइबल)
तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।