1 Chronicles 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाबाद, शूतेलह। एफ्राइमका शूतेलहबाहेक अरू दुई छोराहरू थिए— एसेर र एलाद। ती दुई गातका आदिवासीहरूका गाई-गोरु चोर्ने चेष्‍टा गर्दा मारिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोरा जाबाद, तिनका छोरा शूतेहल। एफ्राइमका अरू छोराहरू एसेर र एलादलाई चाहिँ गातका मानिसहरूका गाईबस्‍तुहरू लुटेर लान जाँदा गातका निवासीहरूले मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तहतका छोरा जाबाद र जाबादका छोरा शूतेलह थिए। (एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए। केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेडाहरू चोर्न गएका थिए।