1 Chronicles 7:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै आशेरका सन्‍तानहरू हुन्। तिनीहरू परिवार-परिवारका प्रधान र लडाइँ गर्न नाम चलेका पुरुषहरू थिए, तिनका बराबरी अरू कोही अगुवा थिएनन्। आशेरका सन्‍तानमा सैनिक सेवा गर्न लायक २६,००० पुरुष थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै आशेरका सन्‍तान, परिवार-परिवारका मुखियाहरू, वीर चुनिएका मानिसहरू, प्रधान अगुवाहरू थिए। तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरूको संख्‍या २६,००० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्‍ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।
Nepali ERV (पवित्र बाइबल)
यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान् सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनकिहरू युद्धका निम्ति तयार छन् भनी।