1 Chronicles 8:40 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊलामका छोराहरू नाम चलेका सिपाही र सिपालु धनुर्धारीहरू थिए। तिनका नाति-पनातिहरू जम्मा डेढ सय जना थिए। ज-जसका नाम माथि लेखिएका छन्, उनीहरू बेन्यामीन कुलका मानिसहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊलामका छोराहरू वीर-वीर धनुर्धारीहरू थिए। तिनका धेरै छोराहरू र नातिहरू थिए— जम्मा १५० जना। यी सबै बेन्यामीनका सन्तान थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना। यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।