1 Chronicles 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरूका नाम उनीहरूका वंशअनुसार लेखिएका थिए। यी कुरा इस्राएलका राजाको इतिहासमा लेखिएको छ। यहूदाका मानिसहरू आफ्‍ना पापका दण्‍ड पाएर बेबिलोनमा देशनिकाला भई लगिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्‍तकमा दर्ता गरियो। यहूदाचाहिँ आफ्‍नो विश्‍वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएलीहरूको सूची इस्राएल र यहूदाका राजाहरूका वंशावलीहरूको पुस्तकमा दर्ता गरियो। तिनीहरूको अविश्‍वासको कारण यहूदालाई बेबिलोनमा कैद गरेर लगियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्।