1 Chronicles 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-16] यी तलका लेवीहरू यरूशलेममा बस्‍थे— हश्‍शूबका छोरा शमायाह, जसका पुर्खा अज्रीकाम र हशब्‍याह थिए, जो मरारी कुलका थिए। बक्बक्‍कर हारेश र गालाल मीकाका छोरा मत्तन्‍याह, जसका पुर्खा जिक्री र आसाप थिए। शमायाहका छोरा ओबदिया, जसका पुर्खा गालाल र यदूतून थिए। आसाका छोरा एल्‍कानाको नाति बेरेक्‍याह, एल्‍काना नतोपाती सहरको इलाकामा बस्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूका: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारी थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूमा: शमायाह हश्शूबका छोरा, हश्शूब अज्रीकामका छोरा, अज्रीकाम हशब्याहका छोरा, हशब्याह मरारीका छोरा थिए;
Nepali ERV (पवित्र बाइबल)
यी लेवी कुल समूहका मानिसहरू हुन जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए।