1 Chronicles 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोरेको छोरो एब्‍यासापको नाति शल्‍लूम अरू आफ्‍ना कोरह गोत्रका बन्‍धुहरूसँग परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिन खटाइएका थिए। ठीक त्‍यसरी नै तिनीहरूका पुर्खाले पनि परमप्रभु बास गर्ने पवित्र पालमा पहरा दिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका कुटुम्‍बहरू, कोरहवंशीहरूचाहिँ पालका प्रवेशद्वारका रक्षा गर्ने सेवाका जिम्‍मामा थिए, जसरी तिनीहरूका पुर्खाहरूले परमप्रभुको वासस्‍थानको प्रवेशद्वारका रक्षकको काम गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शल्‍लूम कोरेका छोरा, कोरे एब्यासापका छोरा, एब्यासाप कोरहका छोरा, र कोरहका सहकर्मी द्वारपालहरू तिनको परिवारबाट (कोरहवंशीहरू) तिनीहरूका पुर्खाहरू याहवेहको वासस्थानको प्रवेशद्वारको सुरक्षाको जिम्मेवारी भएझैँ, तिनीहरू छाउनीका सँघारको सुरक्षाको लागि जिम्मेवार थिए।
Nepali ERV (पवित्र बाइबल)
शल्लूम कोरेका छोरा थिए। कोरे एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। शल्लूम अनि उसका भाइहरू द्वारपालक थिए। तिनीहरू कोरहका परिवारका थिए। अनि तिनीहरूको काम पवित्र पालका प्रवेश द्वारहरूको रक्षा गर्नु थियो। तिनीहरूले यो काम गरे जसरी तिनीहरूका पिता-पुर्खाहरूले तिनीहरूले भन्दा अघि गर्थे। तिनीहरूका पिता-पुर्खाहरूका काम पवित्र पालको प्रवेशद्वार रक्षा गर्नु थियो।