1 Corinthians 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के ख्रीष्‍ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका लागि क्रूसमा बलि भएको थियो? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्‍मा लियौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के ख्रीष्‍ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्‍ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्‍तिस्‍मा भयौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र?
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ!
Nepali Tamang 2011
तिग ख्रीष्‍ट भो लबा मुला? तिग एनीगदेला लागिरी ङा पावल क्रुसरी सिबा हिन्‍ना? ओच्‍छे ङा पावलला मिनरी एनीगदेसे बप्‍तिस्‍मा किन्‍बा हिन्‍ना? आहिन।