1 Corinthians 1:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्टको बलिदानको शक्ति नै व्यर्थ हुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने बप्तिस्मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ख्रीष्टले मलाई बप्तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।
Nepali Tamang 2011
तिग्दा भिसम बप्तिस्मा पिन्बारी आहिन, तर थार्बा पिन्बा समाचार थेःना लबाला लागिरी ख्रीष्टसे ङादा पुइबा हिन्ना। चु तामगदे ङाइ ह्राङलान ज्ञान बुद्धिग्याम पाङ्बा आहिन। चुदे ङाइ ह्राङलान ज्ञान बुद्धिग्याम पाङ्जी भिसम ख्रीष्ट क्रुसरी सिबा खेरो निला।