1 Corinthians 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोरिन्‍थमा भएको परमेश्‍वरको ख्रीष्‍टिय-मण्‍डलीलाई, ख्रीष्‍ट येशूमा पवित्र बनाइएका र ख्रीष्‍टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्‍टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्‍टको नाउँ पुकार्नेहरूलाई यो लेख्‍दै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोरिन्‍थमा भएका परमेश्‍वरको मण्‍डलीलाई जो ख्रीष्‍ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्‍थानमा सन्‍त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्‍टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।
Nepali Tamang 2011
चु चिठी ङन्‍से कोरिन्‍थ शहररी मुबा परमेश्‍वरला मण्‍डलीला म्‍हिगदेदा भ्रिबान मुला। परमेश्‍वरसे एनीगदेदा ह्राङलान म्‍हिगदे दोबारी ख्रीष्‍ट येशूग्‍याम चोखो स्‍होबा मुला। थेसे प्रभु येशू ख्रीष्‍टदा तेन्‍बा जम्‍मान ग्‍लारी मुबा म्‍हिगदेदा ह्राङला म्‍हि स्‍होबा ह्रङ् लसीन एनीगदेदाएनोन ह्राङला म्‍हि स्‍होबारी ङ्‌योइबा मुला। थेनीगदेदेन य्‍हाङला प्रभु गिकनोन हिन्‍ना।