1 Corinthians 1:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू, परमेश्वरले बोलाउनुभएको बेला तिमीहरू कस्ता थियौ? विचार गर। संसारको स्तरअनुसार तिमीहरू धेरै जना ज्ञानी थिएनौ। धेरै जना शक्तिशाली थिएनौ। ठूला-ठूला घरानामा जन्मिएका थिएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ? सो विचार गर। सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ।
Nepali ERV (पवित्र बाइबल)
भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, परमेश्वरसे धम्बा धुइरी एनीगदे खाह्रङ्बा मुबा? थे ताम ढन्गो। म्हिगदेसे म्हन्बा अन्छार एनीगदे न्हङला ल्हाना ह्रङ्बा म्हि ज्ञान बुद्धि आरेबा मुबा। एनीगदे न्हङला ल्हानान म्हि शक्तिशाली आरेबा मुबा, ओच्छे य्हुल्साला घ्रेन म्हिला म्हेमेलाएनोन आहिन मुबा।