1 Corinthians 1:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरले ज्ञानीलाई लाजमा पार्न संसारमा मूर्ख ठहरिएकाहरूलाई छान्नुभयो अनि बलियाहरूलाई लाजमा पार्न संसारका कमजोर ठहरिएकाहरूलाई चुन्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको दृष्टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका दृष्टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ।
Nepali Tamang 2011
तर ङा ज्ञान बुद्धि मुबा म्हि हिन्ना भिसी म्हन्बा म्हिगदेदा पेःना लबारी परमेश्वरसे जम्बुलिङला म्हिगदेसे मूर्ख भिसी म्हन्बा म्हिगदेदा धम्जी। ओच्छे ङनी शक्ति मुबा म्हि हिन्ना भिसी म्हन्बागदेदा पेःना लबारी कमजोर म्हिगदेदा धम्जी।