1 Corinthians 10:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू, मोशाका पछि लाग्ने हाम्रा पुर्खाहरूलाई के भएको थियो, सो म बुझाउन चाहन्छु। तिनीहरू सबैलाई मिश्रबाट बादलले बाटो देखाउँदै लग्यो र समुद्रबाट राम्ररी नै पार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्ने म चाहन्नँ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, एनीगदेसे चु ताम था याङ्गै भिसी ङाइ म्हन्बा मुला। य्हाङला आखे म्हेमेगदेदा मिश्र य्हुल्साग्याम खसुसे ग्याम उन्सी भोर्जी। ओच्छे थेनीगदे जम्मान ज्यना लसी समुन्द्र गुङग्याम निखम्जी।