1 Corinthians 10:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
Nepali Tamang 2011
एनीगदेदा लोभ उन्सी फसब लमा स्य्हान्दो म्हिगदेदा लोभरी फसब लबा ह्रङ्बान तला। तर परमेश्वर विश्वास लखम्बा परमेश्वर हिन्ना, तिग्दा भिसम परमेश्वरसे एनीगदेला सेमसेन नाआखम्बाधोनाला लोभ उन्सी फसब लबारी आपिन। एनीगदेदा फसब लबारी लोभ उन्मा थेग्याम फेबारी परमेश्वरसेन एनीगदेदा ग्याम उन्सी पिन्ना।