1 Corinthians 10:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुभोजको कचौरा लिएर हामी परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छौं। कचौराबाट पिउँदा हामीहरू ख्रीष्‍टको रगतमा साझेदार हुन्‍छौं। होइन र? टुक्र्याएको रोटी हामीले खाँदा हामी ख्रीष्‍टको शरीरमा साझेदार हुँदैनौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्‍टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्‍टको शरीरको सहभागिता होइन र?
Nepali ERV (पवित्र बाइबल)
आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँज्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?
Nepali Tamang 2011
प्रभु भोजला खोरे थोसी य्‍हाङसे परमेश्‍वरदा धन्‍यवाद पिन्‍सी थुङ्मा य्‍हाङ ख्रीष्‍टला कारी गिक तबा हिन्‍ना। ओच्‍छे गेङ क्‍युइसी चमा य्‍हाङ ख्रीष्‍टला ल्‍हुइरी गिक तबा हिन्‍ना।