1 Corinthians 10:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भन्‍न लागेको कुरा के हो भने अरू मानिसहरूले परमेश्‍वरलाई होइन, भूतलाई बलि चढाउँछन्। यसैले तिमीहरू पनि भूतसँग हेलमेल नगर भन्‍ने म चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसो होइन, तर म यही भन्‍न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्‍यो परमेश्‍वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्‍वरलाई होइन, भूतआत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूतआत्माहरूसँग सहभागी होऔ भन्‍ने म चाहँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न।
Nepali Tamang 2011
तर मूर्तिदा बलि फुल्‍बा अर्गु य्‍हुलला म्‍हिगदेसे परमेश्‍वरदा फुल्‍बा आहिन, म्‍हङ म्‍हुङदा हिन्‍ना। थेतबासेलमा एनीगदे म्‍हङ म्‍हुङदेन गिक थातगै भिबा ङाला सेम मुला।