1 Corinthians 10:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि प्रभुमा विश्‍वास नगर्ने कसैले तिमीहरूलाई खाना बोलाउँछन् भने तिमीलाई जान मन लागे जाओ, तर विवेकको लागि जे दिए पनि नसोधीकन खाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै एक अविश्‍वासीले तिमीहरूलाई भोजमा निम्‍तो दिँदा, तिमीलाई जाने इच्‍छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै अविश्‍वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, र तिमीहरूले जाने चाहना गर्‍यौ भने तिमीहरूको अगि जे कुराहरू राखिन्छ, त्यो विवेकका खातिर केही नसोधीकन खाओ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अधिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर।
Nepali Tamang 2011
ख्रीष्‍टदा विश्‍वास आलबा खालै म्‍हिसे एनीगदेदा चबारी ङ्‌योइमा एनीगदेदा निबा सेम खजी भिसम ह्राङला सेम आन्‍होङ्‌बाला लागिरी एनीगदेसे तिगै ङ्‌योइबा छार्बा आलना थेरी चबारी पिन्‍बा जम्‍मान स्‍हे चउ।