1 Corinthians 11:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आफ्‍नै सुरमा तिमीहरू आफूले ल्‍याएका खानेकुरो खान लाग्‍छौ, नहुनेचाहिँ भोकै हुन्‍छन् र हुनेचाहिँ मात्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि खान बस्‍दा हरेकले आफ्‍नो भोजन खान थाल्‍छ, र कोही भोकै रहन्‍छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब खाना खाने बेला हुन्छ, तब तिमीहरू कति जना अरूलाई नपर्खी आफ्नो निजी खानेकुरा खान थाल्छौ; र कोहीचाहिँ भोकै रहन्छ भने कोहीचाहिँ मद्यले मात्छन्।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम चबा थुङ्बा धुइरी जम्‍मासेन खालैसे खालैदा आभ्रान्‍ना ह्राङ ह्राङला भो चला। ओच्‍छे कोइ फोइथान तला, कोइ चा थुङ्सी ङ्‌य्‍होइला।