1 Corinthians 11:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्नै घरमा खाँदा हुँदैन र? कि तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ सम्झन्छौ? अनि नहुनेलाई लाजमा पार्न खोज्छौ? यस बारेमा तिमीहरूलाई मैले के भन्ने? यसमा के म तिमीहरूले राम्रो गर्यौ भनूँ? अँहँ, म राम्रो गर्यौ भन्नै सक्तिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ गरूँ? म कदाचित् तारिफ गर्दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खान र पिउनका लागि के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्चय नै यो कुरामा गर्दिनँ!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा र्गदिन।
Nepali Tamang 2011
एनीगदेसे ह्राङ ह्राङलान दिमरी चसै आत? तिग एनीगदेसे परमेश्वरला मण्डलीदा गे आखेल्बा भिसी म्हन्बा? ओच्छे तिगै आरेबा म्हिगदेदा पेःना लबारी म्हाइबा? दाहेन्से ङाइ एनीगदेदा तिग पाङ्से? तिग एनीगदेसे चुह्रङ् लबा ज्यबा हिन्ना भिसी पाङ्से? अहँ, ङाइ आपाङ्।