1 Corinthians 11:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही भोकाएको छ भने उसले घरमै खाओस् र प्रभुको भोज खाँदा तिमीहरूले परमेश्वरबाट दोषी ठहरिनुनपरोस्। अरू कुराको बारेमा चाहिँ म आएको बेला नै मिलाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कोही भोको छ भने त्यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कोही भोको छ भने घरबाटै उसले केही खानेकुरा खाएर आओस्, नत्रता न्यायका निम्ति तिमीहरू एकसाथ भेला हुनेछौ। अनि अरू कुराहरूका बारेमा चाहिँ म तिमीहरूकहाँ आएको बेला नै मिलाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
कोही भोकाएको छ भने आफ्नै घरमै खावोस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्यावोस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।
Nepali Tamang 2011
खालै फोख्रेन्बा मुसम थेसे दिमरीन चगै, ओच्छे प्रभु भोज चबा धुइरी एनीगदे खालैसेन परमेश्वरग्याम सजाय थायाङ्गै। अर्गु तामला बारेरी ङा खसीन पाङ्ला।