1 Corinthians 11:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो टाउको नछोपी प्रार्थना गर्ने र अगमवाणी बोल्‍ने स्‍त्रीले लोग्‍नेको बेइज्‍जत गर्छे। त्‍यस्‍ती स्‍त्री त कपाल खौरेकी स्‍त्रीजस्‍तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्‍ने स्‍त्रीले आफ्‍नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्‍नो केश खौरेको जस्‍तो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्दछे भने उसले आफ्नो शिरलाई अनादर गर्दछे। योचाहिँ उसको केश खौरिएकै बराबर हो।
Nepali ERV (पवित्र बाइबल)
तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छ। तब उ शिर खौरेकी स्त्री जस्तै हुनेछ।
Nepali Tamang 2011
तर थोबो आघप्‍ना प्रार्थना लबादेन अगमवाणी पाङ्बा म्रिङम्‍हेमेसे चा ह्राङला ह्रेम्‍बोला बेइज्‍जत लबा हिन्‍ना। थेह्रङ्बा म्रिङम्‍हेमे चा क्रा भ्रेसी भ्रबा म्रिङम्‍हेमे ह्रङ्‌बान हिन्‍ना।