1 Corinthians 11:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कुनै स्‍त्रीले टाउको छोप्‍तिन भने बरु उसले कपाल काट्‍नु वा खौरिनु राम्रो हो। होइन भने उसले टाउको छोप्‍नैपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि कुनै स्‍त्रीले शिर ढाक्‍दिन भने बरु तिनले केश काटोस्‌। तर केश काट्‌नु कि खौरनु स्‍त्रीको निम्‍ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्‍टो हालोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिरलाई घुम्टो हाल्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।
Nepali Tamang 2011
खालै म्रिङम्‍हेमेसे ह्राङला थोबो आघप्‍नी भिसम थेसे क्रा भ्रेसी भ्रगै। तर क्रा थाबादेन भ्रेबा चा म्रिङम्‍हेमेला लागिरी पेःबा खबा ताम तबासे लमा थेसे थोबो घप्‍तोःला।