1 Corinthians 12:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैलाई चाहिँ अचम्‍म-अचम्‍मका काम गर्ने शक्ति दिनुहुन्‍छ। कसैलाई अगमवाणी बोल्‍ने (अर्थात् बुझ्‍ने भाषामा परमेश्‍वरको तर्फबाट बोल्‍ने) वरदान, कसैलाई आत्‍माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्‍न किसिमका अन्‍य भाषाहरूमा बोल्‍ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्‍ने वरदान पवित्र आत्‍माले नै दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैलाई आश्‍चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्‍ने, कसैलाई आत्‍माहरू छुट्ट्याउन सक्‍ने, कसैलाई भिन्‍न-भिन्‍न किसिमका भाषाहरू बोल्‍ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्कोलाई आश्‍चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्‍न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
Nepali ERV (पवित्र बाइबल)
त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ।
Nepali Tamang 2011
ओच्‍छे कोइदा उदेकला गे लखम्‍बा, कोइदा अगमवाणी पाङ्बा, कोइदा ज्‍यबा आज्‍यबा आत्‍मा फेखम्‍बा, कोइदा थरी थरीला ग्‍योइ पाङ्बा, कोइदा चा थेनोन थरी थरीला ग्‍योइ जम्‍मादान घोना लखम्‍बा मोलमगदे पिन्‍बा मुला।