1 Corinthians 12:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यहूदी भए पनि, ग्रीक भए पनि, कमारा भए पनि, स्‍वतन्‍त्र भए पनि हामीले एउटै पवित्र आत्‍माद्वारा बप्‍तिस्‍मा पाएकोले एउटै शरीर भएका छौं अनि हामी सबैले एउटै आत्‍माबाट पिएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्‍का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्‍तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
Nepali ERV (पवित्र बाइबल)
हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।
Nepali Tamang 2011
य्‍हाङ यहूदी हिन्‍सै, अर्गु य्‍हुलला म्‍हि हिन्‍सै, नोकर हिन्‍सै आहिन्‍सै य्‍हाङसे गिकनोन परमेश्‍वरला आत्‍माग्‍याम ल्‍हुइ गिकरीन बप्‍तिस्‍मा किन्‍बा मुला। ओच्‍छे य्‍हाङ जम्‍मासेन परमेश्‍वरला आत्‍मा गिकनोन याङ्बा मुला।