1 Corinthians 12:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले नै मण्डलीमा यसरी राखिदिनुभएको छ— पहिला प्रेरितहरू (प्रेरितहरू), दोस्रो अगमवक्ताहरू, तेस्रो सिकाउने गुरु अनि अचम्मका काम गर्नेहरू, त्यसपछि बिरामी निको पार्ने वरदान पाएकाहरू, अरूलाई सघाउनेहरू, देखरेख गर्नेहरू र विभिन्न भाषा बोल्ने वरदान पाएकाहरू राखिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्न भाषा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ।
Nepali Tamang 2011
परमेश्वरसेन मण्डलीरी जम्मान भन्दा ङाच्छा मुल चेलागदे, जमाहेन्से अगमवक्तागदे, जमाहेन्से स्य्हान्दोदा लोप्बा म्हिगदे, ओच्छे उदेकला गे लबा म्हिगदे, आखम्बा म्हिदा खम्ना लबा मोलम याङ्बा म्हिगदे, स्य्हान्दोदा ह्रो लबा म्हिगदे, जम्मान ताम ढिक्ना लबा म्हिगदे, ओच्छे थरी थरीला ग्योइ पाङ्बा म्हिगदेदा धम्सी थान्बा मुला।