1 Corinthians 13:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मानिसका किसिम-किसिमका भाषा र स्‍वर्गदूतको भाषा बोल्‍छु; तर मभित्र प्रेम छैन भने मैले बोलेको कुरो घण्‍टा र झ्‍याली बजाएझैँ थोत्रो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्‍ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।
Nepali ERV (पवित्र बाइबल)
अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।
Nepali Tamang 2011
ङाइ म्‍हिगदेदेन स्‍वर्गदूतगदेला ग्‍योइरी ताम पाङ्सैनोन स्‍य्‍हान्‍दोदा माया आलनी भिसम ङा चा स्‍याङदेन बुप्‍जेल ह्रङ्‌बा जे तला।

Recommended Reading