1 Corinthians 13:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बालक हुँदा बालकले जस्‍तै बोल्‍थें, बालकले जस्‍तै बुझ्‍थें र बालकले जस्‍तै सोच्‍थें। अहिले म पाको भएको छु र बालकको कुरासँग वास्‍ता राख्‍तिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।
Nepali ERV (पवित्र बाइबल)
जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।
Nepali Tamang 2011
ङा जजा मुबा धुइरी ङाइ जत्‍धुगुलान ताम पाङ्मुबा, ओच्‍छे जत्‍धुगुसे म्‍हन्‍बा तामनोन म्‍हन्‍मुबा, जत्‍धुगुसे घोबा ह्रङ् लसीन घोमुबा। तर भ्‍योन तमाहेन्‍से ङाइ जत्‍धुगुला जम्‍मान बानीबेहोरगदे ख्‍लाजी।