1 Corinthians 13:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले हामी धमिलो ऐनामा देखेजस्तै मात्र देख्तछौं, छर्लङ्गै देख्तैनौं, तर त्यस बेलाचाहिँ आमने-सामने नै देख्नेछौं। अहिले म पूरा जान्दिनँ, तर त्यस बेलाचाहिँ परमेश्वरले मेरो बारेमा सबै कुरा पूरै जान्नुभएझैँ म पनि जान्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले हामीले ऐनामा धमिलोसँग देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ। अहिले म आंशिक रूपमा जान्दछु, तर त्यस बेला पूर्ण रूपले जान्नेछु, जसरी अहिले मलाई परमेश्वरले पूर्ण रूपले जान्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।
Nepali Tamang 2011
दान्दे चा य्हाङसे ज्यना लसी आम्राङ्बा ऐनारी म्राङ्बा ह्रङ् जे म्राङ्मुला, तर लिच्छा चा ज्यना लसी म्राङ्ला। दान्दे ङाइ पूरान ताम आघोसैनोन थे धुइरी चा परमेश्वरसे ङाला बारेरी जम्मान ताम था याङ्बा ह्रङ् ङाइएनोन जम्मान ताम घोला।