1 Corinthians 14:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने नबुझ्ने अन्य भाषा बोल्नेले मानिससँग बोल्दैन, तर परमेश्वरसँग बोल्छ। उसले भनेको कसैले बुझ्दैन। उसले पवित्र आत्माको शक्तिले गुप्त कुराहरू बोल्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले अज्ञात भाषामा बोल्दछ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। वास्तवमा उसले के भन्दैछ कसैले बुझ्दैन; उसले आत्माद्वारा परमेश्वरका रहस्यका कुराहरू बोल्दछ।
Nepali ERV (पवित्र बाइबल)
किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर उ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। उ आत्माद्वारा गुप्ती सत्य बोल्छ।
Nepali Tamang 2011
तिग्दा भिसम अर्गु ग्योइ पाङ्बा म्हिसे म्हिगदेदेन छ्याम आहिन, परमेश्वरदेन छ्याम ताम पाङ्मुला। थेसे परमेश्वरला आत्माला शक्तिग्याम म्हिसे था आयाङ्बा ताम पाङ्बासे लमा स्य्हान्दो खालै म्हिसे आघोमुला।