1 Corinthians 14:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबुझ्‍ने अन्‍य भाषामा बोल्‍नुचाहिँ विश्‍वास गर्नेको लागि होइन, विश्‍वास नगर्नेको लागि चिन्‍ह हो। तर अगमवाणी बोल्‍नुचाहिँ विश्‍वास नगर्नेको लागि होइन, विश्‍वास गर्नेको लागि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, तर अविश्‍वासीहरूका निम्‍ति चिन्‍ह हो। तर अगमवाणीचाहिँ अविश्‍वासीहरूका निम्‍ति होइन, तर विश्‍वासीहरूका निम्‍ति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अज्ञात भाषाहरू विश्‍वासीहरूका निम्ति होइन, तर विश्‍वास नगर्नेहरूका निम्ति चिन्ह हो; तर अगमवाणीचाहिँ विश्‍वास नगर्नेहरूका लागि होइन, तर विश्‍वासीहरूका लागि हो।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन।
Nepali Tamang 2011
थेतबासेलमा अर्गु ग्‍योइगदे पाङ्बा चा विश्‍वास लबा म्‍हिगदेला लागिरी आहिन, विश्‍वास आलबा म्‍हिगदेला लागिरी चिनु हिन्‍ना। तर अगमवाणी पाङ्बा चा विश्‍वास आलबा म्‍हिगदेला लागिरी आहिन, विश्‍वास लबा म्‍हिगदेला लागिरी हिन्‍ना।