1 Corinthians 14:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सबैले अगमवाणी बोल्‍छन् र विश्‍वास नगर्ने र नजान्‍ने मानिस आयो भने यसरी सबैले आफ्‍नो भाषामा बोलेको कुराबाट उसले आफ्‍नो पाप चिन्‍नेछ र आफैंलाई राम्ररी जाँच्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्‍वासी वा बाहिरको मानिस त्‍यहाँ पस्‍यो भने उसलाई सबैद्वारा आफ्‍नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मण्डलीमा हरेकले अगमवाणी बोलिरहेको बेला कोही विश्‍वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबूझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट उ जाँचिन्छ।
Nepali Tamang 2011
तर जम्‍मासेन अगमवाणी पाङ्‌बान लबा धुइरी विश्‍वास आलबा खालै म्‍हिदेन घोबा सेम थोसी खबा म्‍हि थेरी खजी भिसम जम्‍मासेन पाङ्बा तामग्‍याम थेसे ह्राङसे लबा पाप था याङ्ला ओच्‍छे थेसे ह्राङ ठीक मुला कि आरे भिसी च्‍याला।