1 Corinthians 14:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा भाइहरू, मैले भन्‍न चाहेको यही हो, जब तिमीहरू सभामा जम्‍मा हुन्‍छौ, तब एउटासँग गीत हुन्‍छ, अर्कोसँग शिक्षाको वचन, अर्कोसँग परमेश्‍वरबाट प्रकाशको कुरा, अर्कोसँग अन्‍य भाषामा सन्‍देश र अर्कोसँग त्‍यसलाई अर्थ खोल्‍ने वरदान हुन्‍छ, यी सबै कुराले मण्‍डली वृद्दि हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्‍य भाषा वा अर्थ खोलाइ हुन्‍छ। यी सबै कुरा आत्‍मिक वृद्धिको निम्‍ति गरिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दाजुभाइ-दिदीबहिनीहरू हो, हामी के भनौँ त? जब तिमीहरू एकसाथ भेला हुन्छौ, कोहीसँग भजन अथवा कोहीसँग शिक्षा, कोहीसँग प्रकाश, कोहीसँग अज्ञात भाषा अथवा कोहीसँग यसको अर्थ खोलाइ हुन्छ। यी सबै कुराहरू मण्डलीको आत्मिक वृद्धिको लागि गरिऊन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, ङाइ एनीगदेदा पाङ्‌बारी म्‍हाइबा ताम चा चुनोन हिन्‍ना, एनीगदे ह्रुप तसी संगती लबा धुइरी कोइसे व्‍हाइ गोला, कोइसे बचनग्‍याम लोप्‍ला, कोइसे परमेश्‍वरसे उन्‍बा ताम घोना लला, कोइसे अर्गु ग्‍योइ पाङ्ला, कोइसे थे ग्‍योइग्‍याम पाङ्बा ताम जम्‍मादान घोना लला। चु जम्‍मान तामगदे चा मण्‍डलीदा भङ्‍ना लबारी लतोःला।