1 Corinthians 14:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरू सबैले अन्य भाषाहरू बोलेको चाहन्छु, तर अझ बढी तिमीहरूले अगमवाणी बोलेको म चाहन्छु। बुझ्न नसकिने अन्य भाषामा बोल्नुभन्दा अगमवाणी बोल्नु ठूलो हो। यदि अन्य भाषा बोल्दा बुझ्ने भाषामा अर्थ खोलिदिने मान्छे पनि छ भने यसले मण्डलीको भलाइ गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने, अन्य भाषामा बोल्नेभन्दा अगमवाणी बोल्ने श्रेष्ठ हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू हरेकले अज्ञात भाषाहरूमा बोलेको म चाहन्छु, तर अज्ञात भाषाहरूभन्दा अझ बढी तिमीहरूले अगमवाणी बोलेको चाहन्छु। मण्डलीको आत्मिक वृद्धिका निम्ति कसैले अर्थ खोलिदिएन भने अज्ञात भाषाहरूमा बोल्ने व्यक्तिभन्दा अगमवाणी बोल्ने व्यक्ति श्रेष्ठ हो।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चहान्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जत्तिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ।
Nepali Tamang 2011
एनीगदे जम्मासेन अर्गु ग्योइ पाङ्गै भिसी ङाइ म्हन्बा मुला। तर थे भन्दा झन ल्हाना चा एनीगदेसे अगमवाणी पाङ्गै भिसी ङाइ म्हन्बा मुला। मण्डलीला विश्वास कोङ्ना लबाला लागिरी अर्गु ग्योइ म्हिगदेदा घोना लसी पिन्बा म्हि खालै आरेसम अर्गु ग्योइ पाङ्बा म्हि भन्दा अगमवाणी पाङ्बा म्हि चा घ्रेन हिन्ना।