1 Corinthians 14:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण भाइहरू, म तिमीहरू कहाँ नबुझ्ने अन्य भाषा बोल्दैआएँ तर परमेश्वरबाटको केही कुराको प्रकाश, ज्ञानका वचन, अगमवाणी बोलिनँ भने वा शिक्षा मैले दिइनँ भने तिमीहरूलाई के फाइदा भयो र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, यदि म तिमीहरूकहाँ अज्ञात भाषाहरूमा बोल्दैआएँ, तर तिमीहरूका बीचमा केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा मैले बताइनँ भने मबाट तिमीहरूका लागि के फाइदा हुनेछ र?
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, चुदे ङा एनीगदे मुबा ग्लारी खसी अर्गु ग्योइ जे पाङ्जी भिसम तिग एनीगदेदा ज्यबा तला? आत। तर चुदे ङा एनीगदे मुबा ग्लारी खसी परमेश्वरसे उन्बा ताम, ज्ञान बुद्धिला ताम, अगमवाणीदेन तिगै लोप्तोःबा ताम लोप्जी भिसम एनीगदेदा ज्यबा तला।