1 Corinthians 15:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने धर्मशास्‍त्रले भन्‍छ, “परमेश्‍वरले सब थोकलाई उहाँको खुट्टामुनि पार्नुहुनेछ।” यो भनेको परमेश्‍वर पनि अधीनमा पर्नुहुनेछ भनेको त होइन, तर परमेश्‍वरले नै सबै कुरा ख्रीष्‍टको अधीनमा पारिदिनुहुनेछ भनेको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनभने परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्‍नुभएको छ।” तर यो स्‍पष्‍ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्‍नाले परमेश्‍वर आफै त्‍यस अधीनतामुनि हुनुहुन्‍न, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्‍ट छ, कि “सबै कुरा” भन्‍नाले सबै कुरा ख्रीष्‍टको अधीनमा गराउनुहुने परमेश्‍वर आफैँचाहिँ त्यस अधीनमा हुनुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।” जब धर्मशास्त्रमा भनिन्छ कि प्रत्येक बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो।
Nepali Tamang 2011
तिग्‍दा भिसम बचनरी “परमेश्‍वरसे जम्‍मान स्‍हेगदे ख्रीष्‍टला स्‍य्‍हाप धिरी थान्‍ना” भिसी भ्रिबा मुला। चु भिबा चा परमेश्‍वरएनोन ख्रीष्‍टला तहरी तला भिसी पाङ्बा आहिन। तर परमेश्‍वरसे जम्‍मान स्‍हेगदेथोरी ख्रीष्‍टदा शासन लपुङ्ला भिबा हिन्‍ना।