1 Corinthians 15:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मान्‍छेकै भनाइमा ‘मैले एफिससका जङ्गली जनावरसँग लडाइँ गरें भन्दा मलाई के फाइदा भयो? मरेको मानिस बिउँतदैन भने मानिसले भनेझैँ ‘खाऔं, पिऔं, मज्‍जा गरौं भोलि त मरिहालिन्‍छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मान्‍छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्‍छौं!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मानवीय दृष्‍टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थेँ भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए, “हामी खाऔँ र पिऔँ, किनकि भोलि त हामी मरिहाल्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
यदि खाली मानवताको कारणले मैले एफिससमा जंगली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”
Nepali Tamang 2011
म्‍हिसे म्‍हन्‍बा अन्‍छार जे एफिसस शहररी ङा ह्रि जन्‍तुदेन छ्‌याम छेबा तामसे ङादा तिग फाइदा तला? चुदे सिबागदे दोःसी आसो भिसम म्‍हिगदेसे पाङ्बा ह्रङ्नोन “य्‍हाङएनोन चबा थुङ्बा लइ, तिग्‍दा भिसम न्‍हङगर मी य्‍हाङ सिनोन सिला!”