1 Corinthians 15:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्‍नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्‍नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।
Nepali Tamang 2011
य्‍हाङला मी चीम जे तमा छिन्‍नङरीन जम्‍मान भन्‍दा लिच्‍छारेम बिगुलला काइ थेःला। जमाहेन्‍से तुरुन्‍तन सिबागदे दोःसी खाइमै नाश आतबा जुनी किन्‍सी सोला, ओच्‍छे य्‍हाङला ल्‍हुइ पोला।