1 Corinthians 16:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले पनि उनलाई हेला नगरोस्। मकहाँ आउँदा उनलाई राम्ररी सहायता गर किनभने विश्‍वासी भाइहरू र म उनको बाटो हेरिरहेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण कसैले तिनको अवहेलना नगरोस्‌। तर शान्‍तिसँग तिनलाई आफ्‍नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्‌। किनभने भाइहरूसँग आउँछन्‌ भनी म तिनको प्रतीक्षा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्‍ने मैले आशा गरिरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।
Nepali Tamang 2011
थेतबासेलमा थेदा खालैसेन हेला थालउ। तर थे ङा मुबा ग्‍लारी खमा एनीगदेसे थेदा ज्‍यना लसी पुइखउ। तिग्‍दा भिसम चुरी मुबा विश्‍वासीगदेदेन ङाइ थेदा भ्रान्‍सी चिबा मुला।