1 Corinthians 16:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू स्‍तिफनस र उनको परिवारलाई चिन्‍छौ। उनीहरू अखैयामा भएका सबैभन्दा पहिला विश्‍वासीहरू हुन्। उनीहरूले ख्रीष्‍टका पवित्र जनहरूका लागि आफ्‍ना जीवन नै दिएका छन्। भाइहरू, म तिमीहरूलाई बिन्‍ती गर्छु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्‍तिफनासका घराना अखैयामा विश्‍वास गर्नेहरूमा प्रथम हुन्‌। तिनीहरूले सन्‍तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे विश्‍वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यु-भाई दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि
Nepali Tamang 2011
अखैया भिबा अञ्‍चलला जम्‍मान म्‍हिगदे न्‍हङरी जम्‍मान भन्‍दा ङाच्‍छा स्‍तिफनासदेन थेला म्‍हेमेगदेसे विश्‍वास लबा हिन्‍ना भिबा ताम एनीगदेदा थानोन मुला। थेनीगदेसे परमेश्‍वरला म्‍हिगदेसे लबा गेरी सेमहेन्‍सेन ह्रो लबा मुला। ज्‍योज्‍यो आले नाना आङागदे, ङाला चु बिन्‍ती मुला,