1 Corinthians 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले संसारको आत्‍मा पाएनौं, तर परमेश्‍वरको आत्‍मा पाएका छौं। परमेश्‍वरले हामीलाई दिनुभएका सबै कुरा जान्‍न सकौं भनेर नै हामीले यो पायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हामीले संसारको आत्‍मा पाएका छैनौं, तर परमेश्‍वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्‍न सकौं भनेर उहाँबाट पवित्र आत्‍मा पाएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्‍वरबाट पाएको आत्मा हो, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ।
Nepali ERV (पवित्र बाइबल)
अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।
Nepali Tamang 2011
य्‍हाङसे जम्‍बुलिङरी मुबा आत्‍मा याङ्बा आहिन, तर दाहेन्‍से परमेश्‍वरसे पिन्‍बा जम्‍मान मोलमगदे घोबारी खम्‍गै भिसी परमेश्‍वरसेन ह्राङला आत्‍मा य्‍हाङदा पिन्‍बा मुला।