1 Corinthians 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले हामी मानिसको ज्ञानले सिकाएको कुरा बोल्‍दैनौं, तर आत्‍माले सिकाउनुभएका कुराहरू बोल्‍छौं अनि आत्‍मा हुनेहरूलाई नै हामी आत्‍माका सत्‍य कुराहरू बुझाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बातउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं।
Nepali Tamang 2011
ङन्‍से थेःना लबा ताम म्‍हिला ज्ञान बुद्धिग्‍याम लोप्‍बा तामगदे आहिन, तर परमेश्‍वरला आत्‍मासे ङन्‍दा लोप्‍बा तामगदे हिन्‍ना। थेनोन तामगदे ङन्‍से परमेश्‍वरला आत्‍मा मुबागदेदा लोप्‍बा मुला।