1 Corinthians 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको आत्मा नहुने मानिसले आत्माका दानहरू लिंदैन किनभने यो उसको लागि मूर्ख कुरो हो। यो आत्माबाट नै बुझिने भएकोले उसले यो बुझ्नै सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ।
Nepali ERV (पवित्र बाइबल)
जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।
Nepali Tamang 2011
तर जुन म्हिदेन परमेश्वरला आत्मा आरे थेसे परमेश्वरला आत्माला तामगदेरी विश्वास आल। तिग्दा भिसम थेला लागिरी थे तामगदे चा मूर्ख ताम हिन्ना। थे जम्मान तामगदे परमेश्वरला आत्माग्यामसे जे घोबारी खम्बा तामगदे तबासे लमा थेसे घोबारी आखम।