1 Corinthians 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामी परमेश्‍वरकै अथाह ज्ञानका कुरा गर्छौं। यो मानिसबाट लुकेको रहस्‍य थियो। परमेश्‍वरले हाम्रै सम्‍मान्‌का लागि सृष्‍टिभन्दा पहिले यो ज्ञान ठहराउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामी त परमेश्‍वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्‍वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो।
Nepali Tamang 2011
तर ङन्‍से चा म्‍हिला ज्ञान बुद्धिग्‍याम घोबारी आखम्‍बा परमेश्‍वरला ज्ञान बुद्धिला बारेरी थेःना लबा मुला। चु ज्ञान बुद्धि चा जम्‍बुलिङ स्‍होबा भन्‍दा ङाच्‍छान य्‍हाङदा य्‍हालदेन शक्ति पिन्‍बाला लागिरी परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार फेसी थान्‍बा मुबा।