1 Corinthians 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण भाइहरू, आत्‍मा हुनेहरूसँग जस्‍तै म तिमीहरूसँग बोल्‍न सकिनँ। म त तिमीहरूसँग शारीरिक स्‍वभावअनुसार चल्‍ने मानिसहरूसँग जस्‍तै गरी बोलें। ख्रीष्‍टमा साना बालकहरूजस्‍तै मैले तिमीहरूसँग बोल्‍नुपर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्‍टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो।
Nepali Tamang 2011
ङाला ज्‍योज्‍यो आले नाना आङागदे, ङा एनीगदेदेन छ्‌याम मुबा धुइरी ङाइ परमेश्‍वरला आत्‍मासे कुल्‍बा अन्‍छार भ्रबा म्‍हिगदेदेन छ्‌याम ह्रङ् लसी एनीगदेदेन छ्‌याम ताम लबारी आखम्‍नी। तर ङाइ एनीगदेदेन छ्‌याम ह्राङला सेमसे म्‍हन्‍बा अन्‍छार भ्रबा म्‍हिदेन छ्‌याम ह्रङ् लसी ताम लजी। ओच्‍छे ङाइ एनीगदेदेन छ्‌याम विश्‍वासरी पाको आरेबा म्‍हिगदेदा ह्रङ् लसी ताम लबा मुला।